३१ आश्विन २०८३, शनिबार

संविधान समयमै जारी गर्नका लागि सञ्चारकर्मीहरुले दबाब दिनुपर्छःविष्ट

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

HiNzjHSवीरगन्ज, ३० कात्तिक । नेपाल पत्रकार महासङ्घका केन्द्रीय अध्यक्ष डा महेन्द्र विष्टले संविधान समयमै जारी गर्नका लागि सञ्चारकर्मीहरुले दबाब दिनुपर्ने बताउनु भएको छ ।

वीरगन्ज उपमहानगरपालिकाको वडा नं १५ स्थित नेसनल ट्रेडिङ्को कार्यालय पछाडि आइतबार नेपाल पत्रकार महासङ्घ पर्सा शाखाको भवन शिलान्यास गर्ने क्रममा उहाँले संविधान निर्माणमा सञ्चारकर्मीहरुको भूमिका महत्वपूर्ण रहेको पत्रकार महासङ्घले दबाबको कार्यक्रम सुरु गरिसकेको जानकारी दिनुभयो ।

उहाँले आफूहरु पूर्ण प्रेस स्वतन्त्रतासहितको सङ्घीय पूर्ण लोकतान्त्रिक संविधानको पक्षमा रहेको समेत जानकारी दिनुभयो । ‘बिभिन्न बहानामा अब संविधान निर्माणको आयू बढाउने प्रयास भयो भने हामीलाई स्वीकार्य हुँदैन,’ उहाँले भन्नुभयो ।

अध्यक्ष विष्ट र जग्गादाता समाजसेवी ज्योतिलालप्रसाद कलवारले संयुक्त रुपमा शिलान्यास गर्नुभएको उक्त भवनको  निर्माणा यही मंसिर १० गतेदेखि सुरु हुनेछ ।

करिब ५० लाख रुपैयाँ लागतमा निर्माण गर्न लागिएको भवन निर्माणका लागि सभासद, पत्रकार, औद्योगिक प्रतिष्ठान लगायतले स्वेच्छिक सहयोग गर्ने भएका छन् । भबन ३ तले पक्की निर्माण ह’ने छ ।

कार्यक्रममा नेपाल पत्रकार महासङ्घका केन्द्रीय सदस्य एवम् मध्यमाञ्चल संयोजक शीतल महतो, सभासद्हरु अनिल रुंगटा, जयप्रकाश थारु, सुरेन्द्र चौधरी, बिचारी यादव, लालबाबु राउत गद्दीलगायतले बोल्नुभएको थियो भने कार्यक्रममा पर्साका प्रमुख जिल्ला अधिकारी हिमराज दवाडी, नेकपा (एमाले)का अध्यक्ष चिरञ्जीवी आचार्य, मधेसी जनअधिकार फोरम नेपाल पर्साका अध्यक्ष प्रदीप यादव, वरिष्ठ पत्रकार जगदिश शमार्, महेश दास, शाखाका पूर्वअध्यक्ष दीपेन्द्र चौहान, केसी लामिछानेलगायतले बोल्नुभएको थियो ।