राजकुमार ओली
झापा, ३० कात्तिक । पुर्वका नौ जिल्लामा लिम्वुवानले गरेको बन्दका कारण सडक सुनसान बनेका छन् । सरकार र सङ्घीय लिम्बुवान पार्टी नेपालबीच भएको पाँचबुँदे सहमति कार्यान्वयनको माग राख्दै सङ्घीय लिम्बुवान् पार्टी नेपालले पूर्वका नौ जिल्ला बन्दको आह्वान गरेपछि त्यसको प्रभाव परेको हो ।
बन्दकर्ताहरुले आगामी सविधानमा पुर्वका नौ जिल्लालाई लिम्वुवान प्रान्तको घोषणा गर्नुपर्नेलगाएतका माग राख्दै आएका छन् । सोही माग कार्यान्वयन गराउन एक दिने बन्दको आह्वान गरेको संघीय लिम्वुवान पार्टी नेपालले जनाएको छ । पार्टीका केन्द्रीय सचिव एलपी पालुगाँले आफना मागप्रति सरकारले बेवास्था गरेकाले सांकेतिक स्वरुप बन्दको आह्वान गरेको बताए ।
बन्दका कारण पाँचथर, इलाम, ताप्लेजुङ, झापा, तेह्रथुम, मोरङ, सुनसरी, धनकुटा, सङ्खुवासभा जिल्लामा बन्दको प्रभाव बिहानदेखि परेको छ । ती जिल्लामा चल्ने लामो तथा छोटो दूरीका सवारीसाधन सञ्चालन हुन सकेका छैनन् भने बजार, पसल, कलकारखाना ठप्प छन् ।
बन्दका समयमा शववाहन, पे्रस र कूटनीतिज्ञको गाडी भने सञ्चालन हुन दिइने बताइएको छ ।

















प्रतिक्रिया