३१ आश्विन २०८३, शनिबार

यात्रु विराटनगर पुर्‍याएर फर्केका टाटा सुमोका चालक अपहरणमा

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

लहान, ३० कात्तिक । सिरहाको लहान नगरपालिका वडा नं ३ स्थायी घर भएका टाटा सुमो जिप चालक शनिबार साँझ अपहरणमा परेका छन् ।

भाडाका यात्रुलाई विराटनगर पु¥याएर फर्किने क्रममा  ३२ वर्षीय गुरुदयाल सप्तरीको पूर्वपश्चिम सडकअन्तर्गत कडरबोनानजिकको अमहा पुलबाट अपहरणमा परेको र उनको खोजी भइरहेको इलाका प्रहरी कार्यालय लहानका प्रहरी नायब उपरीक्षक ज्ञानेन्द्रप्रसाद फुँयालले जानकारी दिनुभयो ।

१च ६६४१ नंको     आफ्नै टाटा सुमो जिपमा शनिबार अपराह्न ४ बजे महतो लहानको अस्पतालचोकबाट तीन यात्रुलाई लिएर विराटनगर गएको गुरुदयालका दाजु रामदयालले बताउनुभयो ।