गुल्मी, कात्तिक २९ । गुल्मी जिल्लाको साँगीतिक क्षेत्रको समाचार सम्प्रेषण गरे वापत राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल गुल्मी शाखाले पत्रकार अनिल खत्री सहित ३ जना पत्रकारलाई सम्मान गरेको छ ।
लोक विधामा गीत गाउनेहरुका लागि संञ्चालन गरेको गुल्मी लोकताराको फाइनल कार्यक्रममा उनीहरुलाई सम्मन गरिएको हो ।
सम्मानित हुनेहरुमा रुरु एफएम गुल्मी तथा दैनिक नेपाल डटकमका सम्वाददाता अनिल खत्री, दैनिकपत्रका संम्वाददाता शिवलाल सुवेदी र नागरिक दैनिकका जिल्ला सम्वाददाता बिशाल भट्टराई रहनु भएको छ ।
सम्मानित पत्रकारहरुलाई राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालका केन्द्रीय अध्यक्ष चन्द्र शर्मा, प्रहरी नावय उपरीक्षक हिमालय श्रेष्ठ, वरिष्ठ उपाध्यक्ष वद्री पंगेनी, प्रतिष्ठान गुल्मीका अध्यक्ष खुमबहादुर खत्री, सचिव जनक पन्त, प्रहरी निरीक्षक महेन्द्र नेपाल, कार्यक्रम संयोजक शिलु भट्टराईलगायतले सम्मान गर्नुभएको थियो ।
गुल्मी जिल्लाको पत्रकारिता क्षेत्रमा बिगत लामो समयदेखि क्रियाशील संञ्चारकर्मीहरुको यो सम्मानले आफुलाई काम गर्न थप प्रेरणा मिलेको सम्मानित पत्रकार खत्रीले बताउनुभयो ।
पुराना कलाकारहरुलार्ई सम्मान र नयाँलाई प्रोत्साहन भन्ने नाराका साथ शनिबार गुल्मीको सदरमुकाम तम्घासको वाल मन्दीर प्रङ्गणमा सांस्कृतिक कार्याक्रमहरु सहित गुल्मी लोक ताराको छनोट कार्यक्रम सम्पन्न भयो ।
गत जेष्ठ महिनादेखि गुल्मी जिल्लाको विभिन्न ग्रामीण स्थानमा पुगि १ सय भन्दा वढी प्रतिस्पर्धीहरुबाट बिभिन्न चरण पार गरी आएका ७ जना सहभागी फाइनल कार्यक्रममा सहभागी भएका थिए ।















प्रतिक्रिया