५ कार्तिक २०८३, बिहिबार

सरकारले मुस्लिम समुदायलाई हेर्ने दृष्टिकोण अहिले पनि नकरात्मक छः अन्सारी

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

rijwan-ansariराजकुमार ओली
झापा, २९ कात्तिक । संघीय समाजवादी पार्टीका नेता रिजवान अन्सारीले सरकारले मुस्लिम समुदायलाई हेर्न दृष्टिकोणमा कुनै परिवर्तन नआएको आरोप लागउनु भएको छ ।

शनिबार झापाको टाघनडुव्वामा नेपाल मुस्लिम नागरिक समाज झापाले आयोजना गरेको सभालाई सम्वोधन गर्दै यस्तो आरोप लगाउनु भएको हो ।

‘विगत लामो समयदेखि मुस्लिम समुदायलाई सरकारले हेर्ने  दुष्टिकोण नकारात्मक छ,’ उहाँले भन्नुभयो, ‘अब वन्ने सविधानमा पृथक पहिचानको  अधिकार सहितको सविधान जारी गर्नुपर्छ ।’

पुर्व गृह राज्यमन्त्री समेत रहनु भएका अन्सारीले मुस्लिमसहित सवैले मान्ने किसिमको सविधान बन्नुपर्नेमा जोड दिनुभयो ।

एमाओवादी केन्द्रीय सदस्य हकिकुल्लाह खाँनले राज्यको कुनै धर्म नभएको भन्दै  धर्मनिरपेक्ष भइसकेको नेपालमा  केही प्रतिक्रियावादीहरुले धर्मका नाममा चलखेल गरेको आरोप लगाउनुभयो ।

उक्त सभामा राष्ट्रिय मुस्लिम संगठनका केन्द्रीय सचिव जाकिर हुसेन, मुस्लिम संघ नेपालका वरिष्ठ उपाध्यक्ष मोहम्वद नेजामुद्द्दीन  राष्ट्रिय मुस्लिम संगठनका अन्तराष्ट्रिय सयोजक शाहिद अलीलगायतले  शुभकामना मन्तव्य राख्नु भएको थियो ।

टाँघनडुव्वाको डिल्लीराज उच्चमाविमा भएको उक्त सभामा  सयौँ मुस्लिम समुदाय आ–आफना पहिरनमा उपस्थिति भएका थिए ।

नेपाल मुस्लिम नागरिक समाज झापा, नेपाल मुस्लिम इत्तेहाद संगठन झापा, मुस्लिम सघ झापा, मुस्लिम मुक्ति मोर्चा झापा र राष्ट्रिय  मुस्लिम सघर्ष गठवन्धन झापाले सम्युक्त रुपमा आयोजना गरेको उक्त आमसभामा नेपालका सवै राजनीतिक दलका मुस्लिम अगुवा नेताहरुको उपस्थिति रहेको थियो ।