सिरहा, २९ कात्तिक । सिरहाको कर्जन्हा प्रयागपुरमा मोटरसाइकल र ट्रयाक्टर जुध्दा एक जनाको घटनास्थलमै मृत्यु भएको छ भने अर्का एक जनाको अवस्था गम्भीर छ ।
पूर्वपश्चिम लोकमार्ग अन्तर्गत रहेको सो स्थानमा गएराति पश्चिमबाट पूर्व आईरहेको स१ त १६६९ नम्वरको ट्रयाक्टर र विपरित दिशाबाट आइरहेको ज ५ प ३९०३ नम्बरको मोटरसाइकल जुध्दा चन्द्रलालपुर–७ का सुरेश कुमार महतोको ज्यान गएको हो ।
घटनामा गम्भीर घाइते भएका मनोजकुमार महतो धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भईरहेको छ । महतोको मृत्युको शोकमा शनिबार १२ बजेसम्म चोहर्वा बजार बन्द गरिएको थियो ।















प्रतिक्रिया