अनिल खत्री
गुल्मी, २९ कात्तिक । जिल्ला प्रहरी कार्यालय गुल्मीले ठुलो परिमाणमा घरेलु मदिरा नष्ट गरेको छ । सदरमुकाम तम्घास बजारमा गरिएको बजार अनुगमनका क्रममा १ सय लिटर भन्दा बढी घरेलु मदिरा र मदिरा बनाउन प्रयोग गरिने कच्चा पदार्थ प्रहरीले प्रहरी कार्यालय परिसरमा नष्ट गरेको हो ।
जिल्ला प्रहरी कार्यालय गुल्मीको टोलीले सदरमुकाम तम्घास बजारको बिभिन्न ठाउँमा अनुगमन गरि उक्त मदिरा बरामद गरेको थियो ।
पछिल्लो समयमा गुल्मी जिल्लामा प्रहरी घरेलु मदिरा नियन्त्रण गर्न लागि परेको छ । मदिराले झै–झगडा लगायत अन्य बिभिन्न खालका नकारात्मक समस्याहरु उत्पन्न गराउने भन्दै प्रहरीले घरेलु मदिरा नियन्त्रण गर्न लागेको जिल्ला प्रहरी कार्र्यालय गुल्मीका प्रहरी निरिक्षक महेन्द्र नेपालले जानकारी दिनुभएको छ ।
‘गाउँघरमा घरेलु मदिराले बिभिन्न खालका समस्याहरु उत्पन्न गर्ने तथा नेपाल सरकारले पनि घरेलु मदिरा बिक्रि बितरण गर्नलाई रोक लगाएकाले घरेलु मदिरा नियन्त्रण गर्न थालेको हो,’ ‘जिल्ला प्रहरी प्रमुख हिमालय श्रेष्ठले भन्नुभयो ।















प्रतिक्रिया