३१ आश्विन २०८३, शनिबार

लुम्बिनीमा आजदेखि अन्तर्राष्ट्रिय बौद्ध सम्मेलन, राष्ट्रपतिले गरे उद्घाटन्

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बुटवल, २९ कात्तिक । शाक्यमुनि सिद्धार्थ गौतम जन्मस्थल लुम्बिनीमा आजदेखि अन्तर्राष्ट्रिय बौद्ध सम्मेलन सुरु हुँदैछ ।

सम्मेलनको शनिबार बिहान राष्ट्रपति डा. रामवरण यादवले उद्घाटन गर्ने कार्यक्रम छ । बौद्ध संस्कृति र सम्पदाको सम्वद्र्धन, सुरक्षा र संरक्षण विषयको चारदिने सम्मेलनको क्रममा शुक्रबार बेलुका मायादेवी मन्दिर परिसरमा प्रार्थना र दीप प्रज्वलन गरिएको छ ।

नेपालको थेरवाद बुद्धिस्ट एकेडेमी र म्यानमाको सितगु इन्टरनेसनल बुद्धिष्ट एकेडेमीको संयुक्त आयोजनामा सम्मेलन हुन लागेको प्रचार संयोजक नवीन चित्रकारले जानकारी दिनुभयो ।

तीस देशका ४०० भन्दा बढी बौद्ध भिक्षु तथा विद्वान्को सहभागिता रहने सम्मेलनमा स्वदेशी ४६ तथा विदेशी ४८ बौद्ध भिक्षु तथा विद्वान्ले ९४कार्यपत्र प्रस्तुत गर्ने बताइएको छ । रासस