५ कार्तिक २०८३, बिहिबार

आफ्नै भिनाजुले भारत पुर्‍याएकी एक बालिकासहित तीन जनाको दिल्लीबाट उद्धार

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

धनगढी, २९ कात्तिक । मानव बेचबिखनविरुद्ध क्रियाशील संस्था शान्ति पुनःस्थापना गृह कैलालीले भारतको दिल्लीबाट एक बालिकासहित तीन जनाको उद्धार गरेको छ ।

उद्धार गरिएकामा कालीकोट घर भएका १३ वर्षीय राजे थापा, प्युठान घर भएका १० वर्षीय वीरे नेपाली र धनकुटा घर भएकी १४ वर्षीया एक बालिका रहेको पुनःस्थापना गृहका कार्यक्रम संयोजक वासु भट्टराईले बताउनुभयो ।

भारतको चण्डीगढका एक व्यक्तिको घरेलु कामदारका रुपमा काम गरिरहेकी ती बालिका घरमा गर्ने गरिएको दुव्र्यवहार सहन नसकेर भागेर आएपछि भारतीय प्रहरीको सहयोगमा स्थानीय संस्थाको संरक्षणमा रहेकी थिइन् ।

तीन वर्षअघि बालिकालाई उनका आफ्नै भिनाजु नाता पर्नेको साथीले त्यहाँ पु¥याएको बताइएको छ ।

दुई बालक भने साथीहरूको लहलहैमा लागेर एक वर्ष अगाडि दिल्ली पुगेका थिए । दिल्लीमा ती बालक पनि जोखिमपूर्ण काममा लागेको फेला परेको बताइएको छ ।

शुक्रबार जिल्ला प्रशासन कार्यालय कञ्चनपुरमार्फत बालबालिकालाई शान्ति पुनःस्थापनागृहमा बुझाइएको छ । कार्यक्रम संयोजक भट्टराईले दुई बालकलाई उनीहरूका आफन्तलाई बुझाउने तयारी गरिए पनि बालिकाको आफन्त भने अहिलेसम्म पहिचान नभएकाले उनको उचित पुनःस्थापनासहित शिक्षाका लागि पहल गरिने जानकारी दिनुभयो । रासस