५ कार्तिक २०८३, बिहिबार

महिलालाई जथाभावी बोल्ने दुई शिक्षकविरुद्ध मुद्दा

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बेलौरी (कञ्चनपुर), २९ कात्तिक  । महिला अधिकारर्मीले शुक्रबार दुई शिक्षकविरुद्ध मुद्दा दायर गरेका छन् ।

अधिकारकर्मी महिलालाई गाली बेइज्जती गरेको भन्दै सिद्धनाथ अमर उमाविका शिक्षक नारायण चन्द र डायमन्ड पब्लिक उमाविका प्रअ हिरा चन्दविरुद्ध  जिल्ला अदालत कञ्चनपुरमा मुद्दा दायर गरिएको हो।

महिला वृद्ध सेवा केन्द्रका अध्यक्ष शारदा चन्दले अमर उमाविका शिक्षक नारायण र डायमन्डका प्रिन्सिपल हिराले कञ्चनपुरका अधिकारकर्मी महिलाको मानमर्यादा र इज्जतमा आघात गर्ने गरी गाली बेइज्जती गरेकाले उनीहरुविरुद्ध मुद्दा दायर गरेको जानकारी दिनुभयो ।  रासस