२९ आश्विन २०८३, बिहिबार

मनाङमा यस वर्ष मात्रै दुई करोडको स्याउ बिक्री

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

पोखरा, २८ कात्तिक । मनाङ जिल्लामा यस वर्ष रु दुई करोडको स्याउ बिक्री भएको छ ।

जिल्लामा यस वर्ष ६३० मेट्रिक टन स्याउ उत्पादन भएको कृषि विकास कार्यालय मनाङका वरिष्ठ कृषि विकास अधिकृत हरिबहादुर केसीले बताउनुभयो ।

गत वर्ष जिल्लामा ७३० मेट्रिक टन स्याउ उत्पादन भएको थियो । गत वर्ष स्याउको मूल्य कम भएकाले कृषकले रु एक करोड ८० लाख आम्दानी गरेका थिए ।

स्याउको फूल फुल्ने बेलामा सुख्खा मौसम र प्रतिकूल वातावरणका कारण जिल्लाको माथिल्लो क्षेत्रमा उत्पादन ठीकै भएपनि तल्लो क्षेत्रमा स्याउका दाना पातला लागेकाले यस वर्ष उत्पादनमा कमी आएको जिल्ला कृषि विकास कार्यालयले जनाएको छ ।

उत्पादित अधिकांश स्याउ जिल्लामा आउने पर्यटक, कर्मचारी र अन्य व्यक्तिले नै किन्ने गर्दछन् भने केही मात्रामा लमजुङको बेसीसहर र काठमाडौँमा बिक्रीका लागि पठाइने गरेको जिल्ला कृषि विकास कार्यालयले जनाएको छ ।

यस वर्ष जिल्लामा १८० हेक्टर क्षेत्रमा स्याउ लगाइएको छ । जिल्लाका १३ गाविसमध्ये ११ गाविसमा स्याउ उत्पादन हुने गर्दछ भने विकट नार र फु गाविसमा भने स्याउखेती गरिँदैन ।

एक÷दुई वर्षपछि जिल्लामै स्याउका बेर्ना उत्पादन गर्न नर्सरी बनाउन सुरुवात गरिएको छ । यसअघि बैतडी, जुम्लाबाट बेर्ना ल्याई रोप्ने गरिएको थियो । रासस