५ कार्तिक २०८३, बिहिबार

पूर्व प्रधानमन्त्री खनाल शनिबार ६ बजेर ४५ मिनेटमा काठमाडौँ आउनुहुदैँ

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Jn Khanalकाठमाडौँ, २८ कात्तिक । पूर्व प्रधानमन्त्री एवं नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनाल शनिबार बिहान ६ बजेर ४५ मिनेटमा त्रिभूवन अन्तराष्ट्रिय विमानस्थलमा अवतरण हुनुहुने उहाँका स्वकीय सचिव कृष्ण भट्टराईले जानकारी दिनुभयो ।

अमेरीकाको म्यारिल्याण्ड राज्यको बाल्टिमोरस्थित जोन्स हप्किन्स अस्पतालमा लामो उपचारपछि स्वास्थ्य लाभ गरी उहाँ शनिबार टर्किज बिमानबाट नेपाल आइपुग्न लाग्नु भएको हो ।

पिसाब नलीमा गम्भीर समस्या देखिएपछि उहाँलाई उपचारका लागि अमेरिका लगिएको हो ।  नेपाल र भारतमा पटक–पटक गरी पाँचपटकसम्म शल्यक्रिया गर्दा पनि ठिक नभएपछि उहाँ  गत असोज १० गते अमेरिका प्रस्थान गर्नुभएको थियो ।