काठमाडौं, २८ कात्तिक । ग्लोबल आइएमई बैंकले अष्ट्रेलियामा सम्पर्क कार्यालय खोल्नका लागि नेपाल राष्ट्र बैंकबाट अन्तिम स्वीकृती प्राप्त गरेको छ । अनुमतिसँगै बैंकले सम्पर्क कार्यालय खोल्ने प्रकृया सुरु गर्ने जनकारी दिएको छ ।
सम्पर्क कार्यालय खोल्नका लागि यसअघि नै नेपाल राष्ट्र बैंकवाट सैद्धान्तिक स्वीकृति पाई हालै अष्ट्रेलियाको नियमनकारी निकाय अस्ट्रेलियन प्रुडेनिसयल रेगुलेस अथोरेटीबाट उक्त देशमा कार्यालय स्थापना गर्ने स्वीकृती प्राप्त गरेको थियो । सो आधारमा राष्ट्र बैंकले अन्तिम स्वीकृती प्रदान गरेको हो ।
काम तथा पढाईको सिलसिलामा अष्ट्रेलिया पुगेका नेपालीहरुलाई नेपालमा रेमिट्यान्स लगायत नेपालसँगको अन्य बैंकिङ्ग कारोबार गर्न यसले सहज हुने बैंकले अपेक्षा गरको छ ।














प्रतिक्रिया