३१ आश्विन २०८३, शनिबार

इजोनको दोस्रो कार्यकालका लागि ढकाल निर्विरोध

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

ejonकाठमाडौं । शिक्षा पत्रकार सञ्जाल (इजोन) को अध्यक्षमा पुनः ईश्वरराज ढकाल निर्वाचित हुनुभएको छ ।

इजोनको कात्तिक २८ गते भएको तेस्रो महाधिवेशनबाट नेपाल समाचारपत्रका ढकालको नेतृत्वमा १३ सदस्यीय कार्यसमिति निर्विरोध भएको हो ।

उपाध्यक्षमा द हिमालयन टाइम्सकी कोकिला खड्का महासचिवमा नयाँ पत्रिकाका भवानीश्वर गौतम, सचिवमा नागरिककी रुवि रौनियार  र कोषाध्यक्ष अन्नपूर्णका सूर्य पाण्डे निर्विरोध हुनुभएको हो ।

सदस्यहरुमा मन्जिमा ढकाल (द राइजिङ नेपाल), शरद शर्मा (पुलेसो डटकम), निर्जना शर्मा (रिपब्लिकां), विनोद घिमिरे (काठमान्डु पोस्ट), नारायण किलम्बु (कान्तिपुर टेलिभिजन), सूर्यकुमार क्षेत्री (नेपालीकला डटकम), लवराज ओली (एजुकेसन पेजेज) र पार्वता चौधरी (रेडियो कान्तिपुर) छन् ।