काठमाडौं, २८ कात्तिक । सार्क सम्मेलनमा नेपाल सरकारले उपत्यकामा सरकारी विदा दिने निर्णय गरेको छ । मन्त्रिपरिषद्ले नै मंसिर १० र ११ गते विदा दिने निर्णय गरेको हो ।
विद्यालयहरुमा भने चार दिने विदा दिइनेछ । ९ गतेदेखि १२ गतेसम्म विद्यालयहरुमा विदा दिने निर्णय भएको छ । सार्कमा सहभागी हुने आउने अतिथीको आवागमन र सुरक्षाका लागि विदाको निर्णय गरिएको हो ।
त्यसैगरी सम्मेलन अवधी भरी सवारी साधन एक दिन जोड र अर्को दिन बिजोड नम्बर सञ्चालमा आउने छन् । यो नियम सरकारी बाहेकका सवारीमा लागु हुने छ ।















प्रतिक्रिया