धनकुटा, २७ कात्तिक । एक महिलाले आफ्नै बच्चालाई गुडिरहेको गाडीको चक्कामुनि फालेर निर्ममतापूर्वक हत्या गरेकी छिन् ।
राजारानी–भेडेटार सडकखन्डअन्तर्गत् भेडेटारको नाम्जेमा बिहीबार दिउँसो तिलमाया मगरले मे१ख ३९९ नम्बरको बसको चक्कामुनि छोरीलाई फालेकी हुन् ।
गाडीको पछाडिको चक्काले किचेपछि ३ महिने बालिकाको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धनकुटाले जनाएको छ ।
घटनाको अनुसन्धानका लागि बालिकाकी आमा तिलमाया, उनका श्रीमान् र बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।















प्रतिक्रिया