३१ आश्विन २०८३, शनिबार

रोल्पा यात्रा छोट्याएर राजधानी फर्किए प्रचण्ड

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

parchandaलिबाङ (रोल्पा), २७ कात्तिक । रोल्पा आउनुभएका एनेकपा माओवादी अध्यक्ष पुष्पकमल दाहाल बिहीबार काठमाडौँ फर्किनुभएको छ ।

शनिबार राजधानीमा बस्ने उच्चस्तरीय राजनीतिक समितिको बैठकमा सहभागी हुन उहाँ हतारहतार राजधानी फर्किनुभएको हो ।

बुधबार जंकोट माडिचौरमा बास बस्नुभएका दाहाल बिहीबार बिहान माडिचौरमा स्थानीय कार्यकर्ता र जनतासँग भेटघाट गरी बिहान पौने ११ बजे रोल्पाको सदरमुकाम लिबाङ आइपुग्नुभएको थियो ।

उहाँले सदरमुकाम लिबाङमा जिल्लाबाट प्रकाशित रोल्पा समाचार साप्ताहिकको नवौँ वार्षिकोत्सवको उद्घाटनसमेत गर्नुभयो ।

कार्यक्रममा छोटो मन्तव्य दिँदै अध्यक्ष दाहालले आफू जुन चाहना बमोजिम नयाँ संविधान निर्माण गर्ने पक्षमा रहेको बताउनुभयो ।

निकै हतारमा रहेका अध्यक्षसहितका टोली ११ः३० बज्नु अगावै सदरमुकाम लिबाङबाट राजधानी प्रस्थान गर्नुभएको हो । चार दिने रोल्पा बसाइँका क्रममा पश्चिम रोल्पाको होलेरी, दहवन, नुवागाउँ, गैरीगाउँ, घर्तीगाउँ, राँसी, माडिचौरलगायतका विभिन्न स्थानमा पुगी स्थानीय जनता, नेता, कार्यकर्ता, सहिद परिवार, बेपत्ता परिवार, घाइते, अपाङ्गलगायतसँग भेटघाट गरे पनि समयाभावका कारण पूर्वी रोल्पा भने उहाँ पुग्न सक्नुभएन ।

भ्रमण कार्यतालिकाअनुसार उहाँ बिहीबार पूर्वी रोल्पाको सुलीचौर, गजुललगायतका स्थानमा  पुग्ने कार्यक्रम तय थियो । रासस