कञ्चनपुर, २७ कात्तिक । भूमिहीन अव्यवस्थित सुकुम्बासी सङ्घर्ष समितिको आह्वानमा बिहीबार कञ्चनपुरको कृष्णपुर–२ बाणिमा चक्काजाम गरिएको छ ।
शान्तिपूर्ण रुपमा ¥याली प्रदर्शन गरिरहेका बेला प्रहरीले लाठी प्रहार दमन गरेको भन्दै सङ्घर्ष समितिले चक्काजाम कार्यक्रमको आयोजना गरेको हो ।
बिहान १० देखि २ बजेसम्मका लागि विरोधस्वरुप चक्काजाम गरिएको सङ्घर्ष समितिका सचिव रामनाथ योगीले बताउनुभयो ।
राजमार्गमा सङ्घर्ष समितिका कार्यकर्ताहरुले यातायातका साधन सञ्चालन हुन नदिएपछि लामो र छोटो दूरीका सवारी साधन सडकमै लाम लागेका छन् ।
बुधबार सुकुम्बासी आयोगले निर्धारण गरेको कार्यादेश खारेजीको माग गर्दै हिँडेका सङ्घर्ष समितिका कार्यकर्ताहरुले आयोगका कार्यालयका फायल च्यात्ने कार्य गरेको भन्दै प्रहरीले लाठी प्रहार गरेको थियो । यो घटनामा आधा दर्जन कार्यकर्ता घाइते भएका थिए ।
तीनजनालाई प्रहरीले नियन्त्रणमा लिई राति १० बजेपछि छाडेको थियो । रासस















प्रतिक्रिया