५ कार्तिक २०८३, बिहिबार

गढिमाई मन्दिरमा पशुवली रोक्न कुनै पत्राचार गरेको छैनः ईयू

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

EU-pasubali-roka_853665659काठमाडौँ, २७ कात्तिक । युरोपेली युनियन (ईयू) ले बाराको गढिमाई मन्दिरमा हुने पशुवलीमा प्रतिबन्ध लगाउन नेपाल सरकारलाई कुनै किसिमको आग्रह वा पत्राचार नगरेको दाबी गरेको छ ।

युरोपेली युनियनको तर्फबाट बिहीबार एक विज्ञप्ति जारी गरी ईयू ले केही मिडियाले गढिमाईको पशुवली रोक्न परराष्ट्र मन्त्रालयलाई आग्रह गरिएको समाचार प्रवाह गरेको भन्दै आफूहरूबाट त्यस्तो कुनै आग्रह नगरिएको स्पष्ट पारेको हो।

विज्ञप्तिमा युरोपेली युनियनको तर्फबाट नेपालको गृह मन्त्रालय लगायत कुनै पनि संस्थालाई पशुवली रोक्न कुनै पत्राचार नगरिएको प्रष्ट पारिएको छ ।
पशुबली रोक्न युरोपेली महासङ्घका मुलुकहरुले परराष्ट्र मन्त्रालयमार्फत आग्रह गरेको जिल्ला प्रशासन कार्यालय बाराले जनाएपछि उक्त खवर विभिन्न सञ्चार माध्ययमले प्रकाशन तथा प्रशारण गरेका थिए ।