काठमाडौँ, २७ कात्तिक । नेकपा एमालेका वरिष्ठ नेता एवम् पूर्व प्रधानमन्त्री झलनाथ खनाल शनिबार स्वदेश फर्किनुहुने भएको छ ।
गत असोज १० गते पिसाब नलीमा समस्या भएपछि उपचारका लागि अमेरिका जानु भएका खनाल शनिबार स्वदेश फर्किन लाग्नु भएको हो ।
अमेरीकाको म्यारिल्याण्ड राज्यको बाल्टिमोर स्थीत जोन्स हप्किन्स अस्पतालमा उपचार गराइरहनु भएका खनाल लामो समयको उपचार पछि स्वास्थ्य लाभ भएकाले स्वदेश फर्कन लागेको उहाँका स्वकीय सचिव कृष्ण भट्टराईले जानकारी दिनुभयो ।
खनालको प्रोस्टेटको शल्यक्रिया गर्नुपर्ने भएपछि उहाँ अमेरिका जानु भएको थियो । उहाँको साथमा निजी चिकित्सक सुमन शर्मा उप्रेती, सहयोगी रणबहादुर राई र नवीन श्रेष्ठ पनि गएका थिए ।
खनाल थप बिरामी परेपछि केही हप्ता अघि खनालकी श्रीमति रविलक्ष्मी चित्रकार पनि उहाँलाई भेट्न अमेरिका जानु भएको थियो ।
शल्यक्रिया गरी अस्पतालबाट डिस्चार्ज हुनु भएका खनाललाई निमोनिया देखिएपछि सोही अस्पतालमा पुनः भर्ना गरिएको थियो ।















प्रतिक्रिया