३१ आश्विन २०८३, शनिबार

महिनावारी भएका बेला अछामका किशोरी विद्यालय जाँदैनन्

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

अछाम, २७ कात्तिक । जिल्लाका विद्यालय उमेरका किशोरी महिनावारी भएका बेला विद्यालयमा कमै उपस्थित हुने गरेको पाइएको छ ।

विद्यालय उमेरका किशोरी महिनावारी भएका बेला विद्यालयमा उपस्थित नहुने गरेको पाइएको हो । महिला तथा बालबालिका कार्यालय अछामले जिल्लामा गरेको सर्वेक्षणका आधारमा महिनावारीका बेला किशोरी विद्यालयमा कमै उपस्थित हुने गरेको भेटिएको हो ।

विद्यालयमा जाने किशारीको समस्या समाधानका लागि महिला तथा बालबालिका कार्यालय अछामले जिल्लाका विभिन्न विद्यालयमा किशोरी प्रजनन सहयोग कोष स्थापना गरेको छ ।

सो कार्यालयले जिल्लाका कुइका गाविसको महाकाली मावि वैद्यनाथको सूर्यचन्द्र उमावि, गाँज्राको राष्ट्रभाषा मावि र सदरमुकाममा रहेको शोडषा उमावि मङ्गलसैनमा रु १० हजार  बराबरको कोषको स्थापना गरेको जानकारी कार्यालयका छाउपडी परियोजना अधिकृत गोपी सिंह नेपालीले जानकारी दिनुभयो । रासस