३१ आश्विन २०८३, शनिबार

नेवि संघको महाधिवशेन सातौँ पटक स्थगन

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

nebisangha-eakiकाठमाडौं, २७ कात्तिक । पटक–पटक महाधिवेशनको मिति तोकेर स्थगन हुँदै आएको नेपाल विद्यार्थी संघको महाधिवेशन सातौंपटक स्थगन भएको छ ।

कांग्रेस पदाधिकारी बैठकले महाधिवेशन स्थगित गर्ने निर्णय गरेको हो । सार्क सम्मेलन र तयारी नपुगेको कारण देखाउदै बिहीबार बसेको पदाधिकारी बैठकले अनिश्चितकालका लागि महाधिवेशन स्थगित गरेको हो ।  संघले पछिल्लो पटक यही कात्तिक ३० गतेदेखि महाधिवेशन गर्ने निर्णय गरेको थियो ।

सार्क सम्मेलनलाई असर नगर्ने गरी चक्रपथ बाहिर कीर्तिपुरमा महाधिवेशन गर्न केही दिन अघि बसेको पदाधिकारी बैठकले अनुमति दिएपछि विद्यार्थी नेताहरुले चुनावी तयारीलाई तिव्र बनाएका थिए ।