५ कार्तिक २०८३, बिहिबार

छात्रालाई बाटो ढुकेर बलात्कार गर्ने निरौलालाई आठ वर्ष कैद

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

इलाम, २६ कात्तिक । विद्यालय जाँदै गरेकी छात्रालाई बाटो ढुकेर बलात्कार गरेको आरोपमा पक्राउ परेका इलाम नगरपालिका–९ पिपलबोटेका सुदीप निरौलालाई जिल्ला अदालत इलामले आठ वर्ष कैद सजाय सुनाएको छ ।

जिल्ला न्यायाधीश प्रकाश ढुङ्गानाको इजलासले निरौलालाई जबर्जस्ती करणी १ नम्बर र ३ महलको (४) बमोजिम मङ्गलबार कैद सजाय सुनाएको अदालतका तहसिलदार अर्जुन श्रेष्ठले जानकारी दिनुभयो ।

गत असोज ८ गते  निरौलाले छात्रालाई बलात्कार गरेका थिए । पीडित छात्रालाई निरौलाबाट रु दुई लाख क्षतिपूर्ति भराइदिन समेत जिल्ला अदालतले फैसला सुनाएको छ ।

यसैगरी भारतीय रूपैयाँ ठगीमा संलग्न दुईजनालाई जनही चार महिना कैद र रु एक लाख ५६ हजारका दरले जरिमाना सुनाएको छ । जिल्ला न्यायाधीश प्रकाश ढुङ्गानाको इजलासले भारतको दार्जिलिङका चन्दन तामाङ र सूर्याेदय नगरपालिका–६ का कृष्ण भनिने बुद्धिराज प्रधानलाई कैद र जरिमानाको फैसला सुनाएको हो ।

दार्जिलिङका एक व्यक्तिलाई भारतीय रूपैयाँ सटही गर्दा ठगी गरेको आरोपमा उनीहरूविरुद्ध गत भदौ ३१ गते अदालतमा मुद्दा दायर गरिएको थियो । रासस