अर्घाखाँची, २६ कात्तिक । अर्घाखाँचीको सन्धिखर्क नगरपालिका अर्घामा मङ्गलबार साँझ भएको जिप दुर्घटनामा तीनजनाको मृत्यु भएको छ ।
चुत्राबेसीबाट हिले जाँदै गरेको लु १ज १४५३ नम्बरको जिप सन्धिखर्क नगरपालिका–१२ अर्घा घर्तीखोर दीपमा सडकबाट करिब ५०० मिटर तल खस्दा दुईजनाको घटनास्थलमा नै र एकजनाको उपचारका लागि सन्धिखर्क ल्याउँदै गर्दा बाटोमा मृत्यु भएको हो ।
मृत्यु हुनेमा गाडी चालक धारापानी–६ रातामाटाका अन्दाजी ३४ वर्षीय कमल बन्जाडे, सन्धिखर्क नगरपालिका–१२ अर्घा दीपका २२ वर्षीया जमुना खड्का र जमुनाको छोरा एक वर्षीय बालक कपिल भएको प्रहरीले जनाएको छ ।
चालक बन्जाडे र बालक कपिलको घटनास्थलमै र जमुनाको बाटोमै मृत्युभएको जिल्ला प्रहरी कार्यलय अर्घाखाँचीका प्रहरी नायब उपरीक्षक दीपेन्द्र जिसिले बताउनुभयो । रासस















प्रतिक्रिया