काठमाडौँ, २५ कात्तिक । दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क) को १८औँ शिखर सम्मेलनको व्यवस्थापनका लागि सरकारले हालसम्म रु एक अर्ब निकासा गरेको छ ।
अर्थमन्त्री डा रामशरण महतका अनुसार कार्य सम्पन्न भइसकेको भुक्तानी दिन बाँकी रकम रु ३४ करोड छ ।
सम्मेलनका लागि सरकारले रु एक अर्ब ५१ करोड विनियोजन गरेको थियो ।
मन्त्री महतले तयारीको कार्यका लागि बजेटको कुनै अभाव हुन नदिने र भएका सबै काम विधि र प्रक्रियासम्मत गराइने बताउनुभयो ।













प्रतिक्रिया