काठमाडौँ, २५ कात्तिक । मोहन वैद्यले नेतृत्व गरेको नेकपा–माओवादी औपचारिक रुपमै विभाजन हुने अवस्थामा पुगेको छ ।
सोमबार पार्टी कार्यालय बुद्धनगरमा बसेको पोलिटब्यूरो बैठकसमेत बहिष्कार गरेका पार्टी सचिव नेत्रविक्रम चन्द (विप्लव) समुहले औपचारिक रुपमै पार्टी विभाजन गर्ने तयारी गरेको हो ।
उक्त समुहले बुधबार र विहीबार दुई दिने राष्ट्रिय भेला बोलाउने निर्णय गरेसँगै करिव–करिव पार्टी विभाजन हुने निश्चित जस्तै भएको छ ।
केही समयदेखि असन्तुष्ट बन्दै आएको चन्द समूहले वैद्यलाई छाडेर अलग्गै मोर्चा बनाउने रणनीति बनाउँदै आन्तरिक तयारीलाई तिव्र बनाएको थियो । चन्द समुह भूमिगत छापामार संघर्ष सुरु गर्ने योजना छ ।















प्रतिक्रिया