३१ आश्विन २०८३, शनिबार

श्रीमानसँग राम्रो सम्बन्ध नभएकी सोनारीले प्रेमीलाई समेत आगो लगाएपछि…

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

नेपालगन्ज, २४ कत्तिक। आफ्नै प्रेमीलाई मट्टितेल छर्केर आगो लगाउँने  नेपालगन्ज–७ की ४० वर्षीया निलम सोनी उर्फ सोनारीलाई प्रहरीले पक्राउ गरेको छ ।  सम्पत्ति आफ्नो नाममा नगरेको भन्दै सोनारीले  सोमबार राति ३५ वर्षीय सुरेन्द्रकुमार शुक्लालाई आगो  लगाएकी हुन्  ।

रिक्सा चालक शुक्लासँग सोनारीको करिब एक वर्षदेखि प्रेम सम्बन्ध रहेको बुझिएको छ । भेरी अञ्चल अस्पतालमा उपचार गराइरहेका शुक्लाले सोनारीले आगो लगाएको बताएपछि प्रहरीले उनीलाई पक्राउ गरेको हो ।

शुक्लाको छाती र मुख  जलेको चिकित्सकहरुले जानकारी दिएका छन् ।   सम्पत्ति आफ्नो नाममा गर्न दबाब दिएको  र शुक्लले नमानेपछि उनीले आगो लगाएको बुझिएको छ । सोनारीको श्रीमानसँग पनि राम्रो सम्बन्ध नभएको स्थानीयले बताएका छन् ।