काडमाडौँ, २५ कात्तिक । पशुअधिकारकर्मी फ्रान्सेली नायिका ब्रिजिट बार्डोटले नेपालको गढीमाई मेलामा हुने पशुबली रोक्न आग्रह गरेकी छिन्।
राष्ट्रपति रामबरण यादवलाई खुलापत्र लेख्दै उनले यस्तो क्रूर परम्परा रोक्न र पुस्तौसम्मलाई शान्ति र सद्भावको सन्देश दिनसमेत आग्रहसमेत गरेकी छिन्।
पत्रमा उनीले गढीमाई देवी निर्दोष प्राणीको बलीमा खुसी हुन्छिन् र यस्तो क्रूर हिंसाबाट सम्वृद्धि प्राप्ति हुन्छ भन्ने विश्वास आफुले नगरेको पनि पत्रमा खुलाएकी छिन् ।
उनीले सन् २००९ मा राष्ट्रपति यादवलाई पत्र पठाएको र त्यसको कुनै जवाफ नआएको स्मरण गराउँदै अझै पनि पशुवली रोक्ने आशा नत्यागेको भन्दै पत्रमा सकारात्मक परिणामको आशा गरेको बताएकी छिन्
ु‘दुई दिनको अवधिमा २ लाख ५० हजार राँगा, सुँगुर, कुखुरा, परेवा, हाँस र सेतोमुसाको बली दिइने यो मेलालाई संसारले बेचैनीपूर्वक हेर्नेछ,’ उनले पत्रमालेखेकी छिन्, यस्तो अभ्यासले प्राचीन र क्रूर परम्परालाई मात्र प्रदर्शन गर्छ जुन यो संसारमा प्रचलनबाट हराइसकेको होला भन्ने मलाई लागेको थियो।’
भारतको गृह मन्त्रालयले नेपालमा पशु नलैजान छिमेकी चार जिल्लालाई आदेश दिएपछि त्यो रोकिएको चर्चा गर्दै उनीले पत्रमा हिमाञ्चल प्रदेश अदालतले समेत यसलाई निषेध गरिसकेको उल्लेख गरेकी छिन्।















प्रतिक्रिया