५ कार्तिक २०८३, बिहिबार

आठवटा गाई मारेर फालेको अभियोगमा बोगटी पक्राउ

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

लम्की, २५ कात्तिक । कैलालीको पथरैया–८ खैरीफाटामा रहेको कालिका सामुदायिक वन उपभोक्ता समितिको नजिकै आठवटा गाई मारेर फालेको फेला परेका छन् ।

धानको भुसमा विषादी प्रयोग गरी गाईको हत्या गरिएको हुन सक्ने प्रहरी चौकी अमरावती प्रहरीले जानकारी दिएको छ । गाई मारेको आशङ्कामा प्रहरीले स्थानीय झङ्कर बोगटीलाई पक्राउ गरी इलाका प्रहरी कार्यालय टीकापुर चलान गरेको छ ।

स्थानीय बासिन्दाले दिएको जानकारीअनुसार बोगटीले धानको भुसमा विषादी मिसाएको देखेको भनेकै आधारमा उनलाई आवश्यक सोधपुछका लागि पक्राउ गरेको हरि चौकी अमरावतीका इन्चार्ज दीपेन्द्र चन्दले जानकारी दिनुभयो । गाई मरेको ठाउँमा मेटासिनको गोली भेटिएको जानकारीमा आएको छ ।