५ कार्तिक २०८३, बिहिबार

एमाले अध्यक्ष ओली र चिनियाँ राजदूतबीच भेटवार्ता

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

KP-oli-new

काठमाडौँ, २४ कात्तिक । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेपालका लागि चिनियाँ राजदूत वु चुन्ताइबीच भेटवार्ता भएको छ ।

एमाले संसदीय दलको कार्यालय सिंहदरबारमा भएको छलफलमा राजदूत चुन्ताइले संविधान निर्माणप्रति चासो जनाउँदै चाँडोभन्दा चाँडो संविधान आओस् भन्ने चीनको चाहना रहेको बताउनुभएको थियो ।

राजदूत चुन्ताइले नेपालको स्थिर राजनीति र शान्तिपूर्ण ढङ्गमा अघि बढे विकासका लागि चीन जस्तोसुकै सहयोग गर्न पनि तयार रहेको दोहोर्‍याउनुभएको थियो ।

जवाफमा एमाले अध्यक्ष ओलीले वार्ता र सहमतिको माध्यमबाट सहमतिको संविधान निर्माण गर्ने चरणमा रहेको र त्यसका लागि वातावरण बन्दै गएको भन्दै सहमति नभए अन्तरिम संविधानको व्यवस्थाअनुसार प्रक्रियाबाट अघि बढेर भए पनि समयमै संविधान जारी हुने विश्वास दिलाउनुभएको थियो ।