३१ आश्विन २०८३, शनिबार

लिखु खोलामा बाबुछोरा मृत भेटिए

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

त्रिशूली (नुवाकोट), २४ कात्तिक । जिल्लाको चौघडा गाविसको लिखु खोलामा बाबुछोरा मृत अवस्थामा भेटिएका छन् ।

चौघडा–४ आपचौरका ५५ वर्षीय विष्णुबहादुर राई र उनका छोरा आठ वर्षीय प्रवीण राईको शव लिखुखोलामा आज बिहान फेला परेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

खोलामा डुबेको अवस्थामा शव फेला परेको हो । घटनाको प्रकृति हेर्दा हत्या गरिएको हुन सक्ने देखिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक प्रकाशराज शर्माले जानकारी दिनुभयो ।

हिउँदको खोला सानो भएकाले डुबेर मृत्यु हुने सम्भावना नदेखिएकाले हत्याको आशङ्का गरिएको प्रहरीको भनाइ छ । शवको मुचुल्का उठाएर शव परीक्षणका लागि जिल्ला अस्पतालमा राखिएको छ । घटनाबारे अनुसन्धान भइरहेको छ । रासस