५ कार्तिक २०८३, बिहिबार

यसरी जाँदैछ फुटको बाटोतिर वैद्य माओवादी

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

mohan-baidya-ra-netra-bikram-chandकाठमाडौँ, २४ कात्तिक । नेकपा–माओवादी भित्रको विवाद पेचिलो वन्दै गएको छ ।

सोमबार पार्टी कार्यालय बुद्धनगरमा बसेको पोलिटब्यूरो बैठकसमेत पार्टी सचिव नेत्रविक्रम चन्द (विप्लव) समुहले बहिष्कार गरेपछि उक्त दलभित्रको विवाद पेचिलो वन्दै गएको हो ।

केही समयदेखि असन्तुष्ट बन्दै आएको चन्द समूहले वैद्यलाई छाडेर अलग्गै मोर्चा बनाउने रणनीतिमा बनाएको अवस्थामा पार्टी अध्यक्ष मोहन वैद्यले पार्टीमा उठेका विवाद तथा अन्य विषयमा छलफल गर्न सोमबार पोलिटब्यूरो बैठक बोलाउनु भएको थियो ।

तर, बैठकमा सचिव चन्दसँगै पोलिटब्यूरो सदस्य खडगबहादुर विश्वकर्मा लगाएतका नेता गएनन् ।

संस्थापन पक्षलाई सुधारवाद र संशोधनवादतिर ढल्केको आरोपलगाउँदै आएको चन्द समुहको सोमबारको बैठक बहिस्कारले पनि उक्त पार्टी विभाजनको संघारमा पुगेको अनुमान गर्न थालिएको छ ।