५ कार्तिक २०८३, बिहिबार

बन्दुकको राजनीतिले संविधानको यात्रा रोकिन्नः प्रधानमन्त्री

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

susil-koiralaकाठमाडौँ, २४ कात्तिक । प्रधानमन्त्री सुशील कोइरालाले आगामी माघ ८ गतेभित्र नयाँ संविधान बन्ने यात्रालाई रोक्नु सूर्यलाई हत्केलाले छेक्नुसरह हुने बताउनुभएको छ ।

सर्वमान्य नेता गणेशमान सिंहको जन्म शताब्दीका अवसरमा ‘गणेशमान सिंह तथा जनआन्दोलन सहिद स्मृति शान्ति प्रतिष्ठान’ ले सोमबार शान्तिवाटिकामा आयोजित सम्मान कार्यक्रममा प्रधानमन्त्री कोइरालाले अब मुलुकमा कसैको डर, धम्की र जोरजबर्जस्ती तथा बन्दुकको राजनीतिक नचल्ने भन्दै संविधान निर्माणको यात्रा पूरा भएरै छाड्ने अठोट व्यक्त गर्नुभयो ।

प्रधानमन्त्री कोइरालाले भन्नुभयो, ‘हामीलाई त्यस प्रकारको दृढता र प्रतिबद्धता सर्वाेच्च नेता गणेशमानले दिनुभएको छ, हामी प्रजातन्त्रका मूल्य, मान्यता र आदर्शबाट विचलित नभई नेपालीको शिर माथि उठाउने यात्रामा अघि बढिरहनेछाँै ।’

उहाँले आफूले हिजोमात्रै एमाओवादी अध्यक्ष पुष्पकमल दाहालसँग कुराकानी गरेको सुनाउँदै तर्साउने र धम्काउने प्रकारका अभिव्यक्ति नदिन आग्रह गरेको जानकारी दिनुभयो ।

प्रधानमन्त्रीले आफूहरु पनि सहमतिमा संविधान निर्माणको पक्षमा रहेको तर प्रजातन्त्रमा आफ्ना आस्था र विचार राख्न पाउने सबैलाई हक हुने भएकाले विवादित विषयलाई राजीतिक संवाद तथा सहमति समितिमा निर्णय नभएमा अब संविधानसभाको बैठक र जनस्तरमा छलफलमा लैजान समितिका सभापति डा बाबुराम भट्टराईलाई पनि आग्रह गरेको बताउनुभयो ।

प्रधानमन्त्री कोइरालाले हालै भारतसँग गरिएको ऊर्जा विकास र व्यापारसम्बन्धी सम्झौतामा नेपाल तल पर्ने कुनै काम नभएको पनि स्पष्ट गर्नुभयो ।

उपप्रधानमन्त्री तथा स्थानीय विकास मन्त्री प्रकाशमान सिंहले गणेशमान सिंहको पे्रेरणालाई ग्रहण गर्दै अब सहमति नभए प्रक्रियाबाट भए पनि संविधान जारी गरेर आन्दोलनका उपलब्धिलाई संस्थागत गर्नुपर्ने बताउनुभयो ।

पूर्व सभामुख दमननाथ ढुङ्गानाले विगतमा सहमति भइसकेका धर्मनिरपेक्षता, समावेशी र सङ्घीयताबाट पछाडि नफर्कन आग्रह गर्नुभयो ।

प्रतिष्ठानका अध्यक्ष तथा सभासद् भीमसेनदास प्रधानले यो वर्षभरि गणेशमानसिंहको जन्म शताब्दीका लागि विभिन्न कार्यक्रम आयोजना गरिने बताउनुभयो ।