काठमाडौँ, २४ कात्तिक । राप्रपा नेपाल र नेपाल राष्ट्र सेवा दलबीच एकता भएको छ ।
पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा सोमबार भएको एक औपचारिक समारोहमा राप्रपा नेपालका अध्यक्ष कमल थापाले दुई दलबीच एकता भएको घोषणा गर्नुभएको हो ।
कार्यक्रममा अध्यक्ष थापाले राष्ट्र सेवा दलको प्रवेशले बलियो र सशक्त राष्ट्रवादी प्रजातान्त्रिक पार्टी निर्माण गर्ने राप्रपा नेपालको अभियानलाई थप बल पुगेको बताउनुभयो ।
सेवा दलका अध्यक्ष सूर्यप्रसाद घिमिरेले नेपाललाई पुनः सनातन धर्म सापेक्ष हिन्दुराष्ट्र बनाउने राप्रपा नेपालको अभियानलाई छरिएर होइन संगठित भएर लाग्नु पर्नेमा जोड दिनुभयो ।















प्रतिक्रिया