३१ आश्विन २०८३, शनिबार

मोदीको स्वागतका लागि बेहुली जस्तै सिँगारिदैँ जनकपुर

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Janki_Mandirजनकपुर, २४ कात्तिक ।  भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी सार्क सम्मेलनमा भाग लिन आगामी ९ गते जनकपुरको बाटो हुँदै राजधानी जाने भएपछि अहिले जनकपुरको मठ मन्दिरलाई सिँगारिने कार्य तीव्र पारिएको छ ।

जनकपुरको प्रसिद्ध जानकी मन्दिरको सफाइसँगै पुराना संरचनालाई भत्काएर नयाँ बनाउने कार्य गरिएको छ ।

जनकपुर–भिट्ठामोड सडकखण्ड हुँदै मोदी जनकपुर आउने कार्यक्रम रहेको छ । सोही आधारमा अहिले जनकपुरको विभिन्न बाटोहरु मर्मत गर्नुका साथै मुख्य मन्दिरहरुलाई रङ्ग रोगन गरिएको छ ।

जानकी मन्दिर, राम मन्दिर जनक मन्दिरलगायतका मठ मन्दिरको सफाइ र रङ्गिने कार्य भइरहेको छ ।

भारतीय सुरक्षा स्रोतका अनुसार मोदी हेलिकप्टरबाट सुरसण्डमा उत्रिने छन् । त्यसको लागि त्यहाँ हेलिप्याड निर्माण गरिएको छ । त्यहाँबाट स्थल मार्गबाट जनकपुर आउने कार्यक्रम रहेको छ ।

मोदी जनकपुरमा आउने र जनकपुरमा पूजापाठसँगै केही योजनाहरुको शिलान्यास गर्नेसमेत कार्यक्रम रहेको छ ।