३१ आश्विन २०८३, शनिबार

बाँकेमा ८५ हजारभन्दा बढी निरक्षर

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

नेपालगन्ज, २४ कात्तिक । बाँके जिल्लामा अहिले पनि करिब ८५ हजारभन्दा बढी नागरिक निरक्षर रहेका छन् ।

जिल्ला शिक्षा कार्यालयले यहाँ सार्वजनिक गरेको तथ्याङ्कअनुसार जिल्लाका कुल निरक्षरमध्ये गत आवसम्म महिला ५० हजार ४६९ र पुरुष ३४ हजार ६१५ रहेका छन् ।

कुल पाँच लाख चार हजार ५४८ जनसङ्ख्या रहेको यस जिल्लामा गत आवसम्म महिला एक लाख ७६ हजार २५५ र पुरुष दुई लाख १२ हजार ६३२ साक्षर रहेको तथ्याङ्कले देखाएको छ ।

यस जिल्लामा वार्षिक २० हजार नागरिकलाई साक्षर बनाउन सकेमात्र सन् २०१५ सम्म निरक्षरता उन्मुलन गर्ने सरकारको लक्ष्य पूरा हुनसक्ने तथ्याङ्कमा उल्लेख छ ।

तर सो लक्ष्यमा पुग्न सरकारले शिक्षा नीतिमा सुधार गर्नुपर्ने, अनुगमन संयन्त्रलाई प्रभावकारी बनाउनुपर्ने, सहयोगी कार्यकर्ता र स्थानीय शिक्षक नियुक्तिको समस्या सम्बोधन गर्नुपर्ने, स्थानीय निकायले शिक्षा कार्यक्रममा अपनत्व लिन सक्नुपर्नेलगायत ११ बुँदे सुझाव दिइएको छ । रासस