५ कार्तिक २०८३, बिहिबार

नेपाल वायु सेवा निगमका वरिष्ठ निर्देशकमाथि भ्रष्टाचार मुद्दा

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Nepal-airlines-curruption

काठमाडौँ, २३ कात्तिक । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल वायु सेवा निगमका वरिष्ठ कामु निर्देशक अच्युतराज पहाडीमाथि भ्रष्टाचार गरेको अभियोगमा विशेष अदालतमा मुद्दा दायर गरेको छ ।

आयोगका अनुसार कामु निर्देशक पहाडीले विभिन्न समयमा विमानको पाङ्ग्रा (टायर) खरिदमा २० लाख दुई हजार २१६ भ्रष्टाचार गरेको अनुसन्धानबाट खुलेको छ ।

पहाडीले अन्तर्राष्ट्रिय उडानमा रहेको जहाजको टायर जगेडा रहँदारहँदै खरिद गरी निगमलाई हानी नोक्सानी पुर्‍याएको पाइएको छ । खरिद प्रक्रियामा समेत कानुनी प्रावधान पूरा नगरेको र बढी रकम तिरेको आयोगद्वारा जारी विज्ञप्तिमा जनाइएको छ ।

पहाडीले ७८० अमेरिकी डलर पर्ने मुख्य टायर एक हजार ४७५ मा खरिद गरेको र ५७५ डलर पर्ने नोज टायर एक हजार १० डलरमा खरिद गरेका थिए । खरिद गरिएका टायर निगमको आफ्नै उडानबाट खरिद नगरी अन्य उडानबाटै ल्याइएको समेत पाइएको छ ।