५ कार्तिक २०८३, बिहिबार

काँग्रेस र एमालेले प्रचण्डलाई भने–मान्छे नउचाल्नुहोस सँगै लिएर जान्छौँ

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

sushil_oliकाठमाडौँ, २३ कात्तिक । सत्तारुढ दल नेपाली काँग्रेस र नेकपा एमालेसहितका चार दल र दुई स्वतन्त्र सभासदले आईतबार संयुक्त पत्रकार सम्मेलन गरी आफहरुको नौंबुँदे प्रस्ताव संविधानसभामा लैजान माग गरेका छन् ।
केही दिन अघि संविधानका विवादित विषयमा साझा प्रस्ताव तयार पारेका  ती दलले राजधानीमा पत्रकार सम्मेलन गरी सहमतिका लागि साझा प्रस्ताव ल्याइएको दाबी गरे ।

पत्रकार सम्मेलनमा उनीहरुले सम्वाद समितिमा छलफल गर्दा सहमति नभए संविधानसभामा लैजान माग गरे ।

कांग्रेस, एमाले, राप्रपा, बहुजन समाजवादी पार्टी र दुई स्वतन्त्र सभासदले आइतबार संयुक्त पत्रकार सम्मेलन गर्दै सम्वाद समितिमा पेश गरेको नौबुँदे साझा प्रस्तावबारे जानकारी दिएका हुन् ।
पत्रकार सम्मेलनमा प्रधानमन्त्री सुशील कोइरालाले एमाओवादी अध्यक्ष प्रचण्डको धम्क्याउने र थर्काउने बानीसँग कांग्रेस एमाले परिचित भइसकेको भन्दै प्रचण्डलाई त्यस्तो अस्त्र प्रयोग नगर्न आग्रह गर्नुभयो । उहाँले प्रचण्डलाई धम्कीको भाषा छाड्न पनि आग्रह गर्नुभयो ।
एमाले अध्यक्ष केपी शर्मा ओलीले प्रचण्डले देशका विभिन्न ठाउँमा पुगेर मान्छे उचाल्ने काम गरेको भन्दै कडा आलोचना गर्नुभयो । ‘हामीले प्रचण्डजीहरुलाई  एक्ल्याउन खोजेको होइन,’ ओलीले भन्नुभयो, ‘तपाईहरुलाई छाडेर हिड्ने प्रश्नै आउँदैन । सँगै लिएर जाने हो ।’

संयुक्त पत्रकार सम्मेलनमा काँग्रेस र एमालेसँगै राप्रपा, विश्वेन्द्र पासवान नेतृत्वको बहुजन समाज पार्टी र स्वतन्त्र सभासदद्धय चन्द्रेश्वर झा र अहतर कमाल सामेल भएका थिए ।
पत्रकार सम्मेलनमा एमाले वरिष्ठ नेता माधवकुमार नेपाल, उपाध्यक्ष विद्यादेवी भण्डारी, काँग्रेसका वरिष्ठ नेता शेरवहादुर देउवा, उपसभापति रामचन्द्र पौड्याललगायतको उपस्थिति थियो ।