काठमाडौँ, २३ कात्तिक । संविधानसभाका अध्यक्ष सुवास नेम्वाङले तीन दलका शीर्ष नेतालाई फोन सम्पर्क गरी कात्तिक मसान्तसम्म सहमति जुटाउन आग्रह गर्नु भएको छ ।
उहाँले आइतबार दिउँसो तीन दलका शीर्ष नेतालाई फोन सम्पर्क यस्तो आग्रह गर्नुभएको हो ।
उहाँले फोन मार्फत नेताहरुलाई सहमतिका लागि गम्भीर नभए जनतासँग गरेका बाचामा धोका हुने भन्दै ध्यानाकर्षण गराउनु भएको थियो ।
नेम्वाङले तोकिएको मितिमा संविधान जारी गर्ने वातावरण निर्माणका लागि आफूले पहल थालेको समेत जानकारी दिनुभएको छ ।















प्रतिक्रिया