५ कार्तिक २०८३, बिहिबार

चाउचाउ किन्न गएकी कञ्चन कहिल्यै नफर्किने गरी विदा भइन

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बारा, २३ कात्तिक । शनिबार साँझ बाराको कलैयामा चाउचाउ किन्न गएकी एक बालिका मृत फेला परेकी छिन् ।

शनिबार साँझ ७ बजे घरबाट निस्केकी कलैया–८ की कञ्चन ठाकुरकीको शव दुई घण्टापछि जिल्ला अस्पताल नजिकको गल्लीमा भेटिएको प्रहरीले जानकारी दिएको छ ।  शव भेटिएको स्थान घरबाट एक झण्डै  किलोमिटर टाढा पर्छ ।

बालिकाको बलत्कारपछि हत्या गरिएको हुनसक्ने प्रहरीले आशंका गरेको छ । शवको अवस्था हेर्दा बालिकाको बलत्कारपछि हत्या गरिएको हुनसक्ने  प्रहरीले अनुमान गरेको हो ।
प्रहरीका अनुसार कञ्चन पाँच वर्षीया बहिनीसँग चाउचाउ किन्न घरबाट निस्केकी थिइन् ।अज्ञात व्यक्तिले उनकी पाँच वर्षीया बहिनीलाई घर पठाई कञ्चनलाई फकाएर लगेको अनुसन्धानबाट पत्ता लागेको छ ।

घटनामा संलग्न भएको आशंकामा प्रहरीले सात जनालाई पक्राउ गरेको छ ।  बालिकाको शब वीरगञ्जस्थित नारायणी उपक्षेत्रीय अस्पतालमा राखिएको छ ।