सिन्धुपाल्चोक, २३ कात्तिक । सिन्धुपाल्चोकको भोटेचौरको आजकल मुहार नै फेरिएको छ । भोटेचौरको चियाबगानले पर्यटकलाई तानिरहेको छ ।
काठमाडौँको भिडभाड छिचोलेर टोल्हाउन रुचाउने, एकान्तमा बस्न मन पराउने युवाको रोजाइमा ‘सानो इलाम’ परेको छ । वनभोजस्थलका रुपमा पनि प्रख्यात हुन थालेको सो ठाउँले अहिले इलाम चियाबगानको सौन्दर्यपूर्ण झल्को दिन थानलेको छ ।
काठमाडौँबाट छोटो समयमै पुग्न सकिने छोटो दूरीको मनोरम स्थान चियाबगानमा शनिबार अथवा बिदाको दिन मात्र होइन अन्य दिन पनि त्यहाँको सौन्दर्य नियाल्न निकै ठूलो भिड लाग्ने गरेको छ । काठमाडौँदेखि चालिस किमी दूरीमा रहेको भाटेचौर साँखु हुँदै दुई घन्टामा बसयात्रामार्फत पुग्न सकिन्छ । सो ठाउँ हेर्नका लागि राजधानीका स्कुलकलेजका विद्यार्थी र बाहिरबाट समेत बस लिएर पुग्न थालेको छन् ।
















प्रतिक्रिया