झापा, २२ कात्तिक । उपप्रधान तथा गृहमन्त्री वामदेव गौतमले संविधान जारी नहुञ्जेल यही सरकार रहने बताउनुभएको छ ।
कार्यक्रमको सिलसिलामा शनिबार झापा पुग्नु भएका गौतमले यस्तो बताउनु भएको हो ।
‘संविधान जारी नहुन्जेल वर्तमान सरकार नै निरन्तर रहन्छ,’ उहाँले सञ्चारकर्मीहरुसँग भन्नुभयो माघ ८ गते जसरी पनि संविधान जारी हुन्छ, त्यसपछि मात्र सरकार परिवर्तन हुन्छ ।’
सहमति हुनसक्ने विषयमा समहति गरेर र सहमति हुन नसकेका विषयलाई प्रक्रियामार्फत टुङ्ग्याएर संविधान जारी गर्ने उहाँको भनाई थियो ।
उहाँले संविधान निर्माणको चरणलाई अवरुद्ध गर्ने र प्रक्रिया नमान्नेहरूलई निरङ्कुशतावादीको संज्ञा दिनुभयो ।















प्रतिक्रिया