रत्ननगर (चितवन), २२ कात्तिक । नेकपा–माओवादीका सचिव नेत्रविक्रम चन्दले नयाँ प्रक्रियासहित माओवादी पार्टी एक हुने बताउनुभएको छ ।
क्रान्तिकारी पत्रकार महासङ्घ चितवनले शनिबार आयोजना गरेको पत्रकार भेटघाटका क्रममा उहाँले एमाओवादी र नेकपा–माओवादीको एकताकै कारण उपलब्धिको रक्षा हुने र आन्दोलन सफल हुने बताउनुभयो ।
अहिलेसम्म काँग्रेस र एमाले नसच्चिएकाले समस्या समाधान हुन नसकेको उल्लेख गर्दै उहाँले जनचाहनाअनुसारको नयाँ संविधान आवश्यक भएको बताउनुभयो ।
अहिले यथास्थितिको संविधान जारी गर्ने प्रपञ्च भएको उल्लेख गर्दै नेता विप्लवले कुनै पनि हालतमा सफल हुन नदिने दाबी गर्नुभयो । रासस















प्रतिक्रिया