काठमाडौँ, २२ कात्तिक । अन्तराष्ट्रिय किर्तिमानधारी पर्वतारोही एवं लामो दुरीका अल्ट्रा म्याराथन धावक संजय पण्डितलाई नेपालकै प्रतिष्ठित कम्पनी इन्टिग्रेटेड मोविलिटी सोलुसन्स ( आइ. एम. एस.) नेपालले ब्राण्ड प्रयोजक गर्ने भएको छ ।
सातै महादेशका सातै सर्वोच्च शिखर आरोहण गर्ने सिलसिलामा रहेका पण्डितले यहि कार्तिक २८ गते देखि अष्ट्रेलियाकै सर्वोच्च शिखर माउण्ट कोशियोज्को आरोहणको तयारीमा रहनु भएको छ ।
आइएमएस नेपालले उनको अष्ट्रेलिया महादेशीय आरोहणको सम्पुर्ण ट्राभल सम्बन्धी प्रायोजक गरेको छ ।
आइएमएसका प्रमुख दिपक मल्होत्राले एउटा नेपालीले विश्वका सवै सर्वोच्च हिमालहरुको आरोहण गर्ने किर्तिमान रच्ने कार्यको सम्मान गर्दै उनलाई सामाजिक उत्तरदायित्व अन्तर्गत सहयोगको हात अगाडी बढाइएको जानकारी दिनुभयो ।
कार्यक्रममा पण्डितलाई आइएमएस अंकित झण्डा अष्ट्रेलियाको सर्वोच्च शिखर माउण्ट कोशियोज्कामा फरफराउन समेत हस्तान्तरण गरियो ।
कार्यक्रममा आइएमएसका अध्यक्ष दिकेस मल्होत्राले पण्डितको आरोहणसँगै आइएमएसले पनि उच्च शिखरको यात्रा तय गरी इतिहास बनाउने जानकारी दिनुभयो । पण्डितले उल्टो हिडेर सफतापुर्वक आरोहण गर्ने कुरामा आफु विश्वस्त भएको पनि जानकारी दिनुभयोे ।
पण्डितले यस अघि एशियाको सर्वोच्च शिखर सगरमाथा, अफ्रिकाको सर्वोच्च शिखर किलिमान्जारो तथा युरोपको सर्वोच्च हिमशिखर एल्ब्रुसमा आफ्नो पाइला टेकिसक्नु भएको छ । कार्यक्रममा समसुङ नेपालका निर्देशक संजीव मिश्रको पनि उपस्थिति थियो ।
पण्डितले यसअघि युरोपको शिखरमा ६ मिनेट ३ सेकेन्ड अर्ध नाग्गिएर अन्तराष्ट्रिय किर्तिमान बनाईसक्नु भएको छ । उहाँले अफ्रिकाको शिखरमा ६ घण्टा १३ मिनेटमा दक्षिण एशियाबाट तीव्र गतिका आरोहीका रुपमा किर्तिमान बनाईसक्नु भएको छ ।













प्रतिक्रिया