३१ आश्विन २०८३, शनिबार

सभासदकी बुहारीको शव खोला किनारमा भेटिएपछि…

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

प्यूठान, २२ कात्तिक ।  मेला हेरी फर्कने क्रममा बेपत्ता एक महिलाको शव फेला परेको छ ।  गाउँमा लागेको पुर्णिमा मेला हेरी फर्कने क्रममा लुङ–९, निवासी कमला केसी प्यूठान नगरपालीका १७ स्थित मरन्ठाना साइडमा मृत भेटिएकी हुन् । मृतक केसी प्यूठान क्षेत्र नं २ का प्रत्यक्ष तर्फकासभासद हिराबहादुर केसीकी बुहारी हुन् ।

२४ वर्षीया केसीको शव घरबाट करिब ३ किलोटिर तल खोला किनारमा भेटिएको हो ।  सँगै मेला हेर्न गएको ५ वर्षीय छोरालाई खोला तारेपछि चप्पल बगाउँदा त्यही समाउने क्रममा उनलाई बगाएको हुन सक्ने स्थानीयले बताएको मरन्ठाना प्रहरीले जनाएको छ ।

स्थानीयले खोला तर्ने क्रममा बगाएको भने पनि घटना रहस्यमय बनेको छ ।  घटना कसरी र के कारणले भयो भन्ने अन्य जानकारी अहिलेसम्म खुलेको छैन । प्रहरीले घटनाबारे अनुसन्धान भइरहेको जनाएको छ ।