काठमाडौँ, २२ कात्तिक । हिसाब गर्न नजानेको भन्दै आफ्नै विद्यालयका छात्रालाई स्कर्ट र कट्टु खोल्न लगाई दुर्व्यवहार गर्ने एक शिक्षक प्रहरी फन्दामा परेका छन् ।
झापा कोहबरा ९ को सहिद प्राथमिता विद्यालयका गणित शिक्षक मित्रराज नेपाल छात्रालाई दुर्व्यवहार गरेको आरोपमा प्रहरी फन्दामा परेका हुन् ।
उनले चार छात्रालाई लाइन लगाएर स्कर्ट र कट्टु खोल्न लगाई दुर्व्यवहार गरेको भन्दै विद्यालय प्रशासनको जाहेरी दिएपछि उनी पक्राउ परेका हुन् । इलाका प्रहरी कार्यालय गौरीगञ्जले पक्राउ गरेका उनी अहिले पनि प्रहरी हिरासतमै रहेका छन् ।
गणित विषयका शिक्षक नेपालले आफूले सोधेको प्रश्नको जवाफ दिन नसकेको भन्दै कक्षा चारका चार जना छात्रालाई स्कर्ट र कट्टु खोल्न लगाएर दुर्व्यवहार गरेका थिए ।
दुर्व्यवहारमा परेका छात्रा ११ देखि १३ वर्ष उमेर समूहका छन् । कक्षा चलिरहेकै वेला शिक्षक नेपालले छात्राहरुको संवेदनशील अंगमा हात हालेर दुव्र्यवहारसमेत गरेको आरोप लागेको छ । दैनिकजसो मदिरा सेवन गरेर विद्यालय जाने गरेका शिक्षक नेपालले त्यस अघि पनि पटकपटक छात्राहरुमाथि दुव्र्यवहार गर्ने गरेका थिए ।















प्रतिक्रिया