२९ आश्विन २०८३, बिहिबार

तीन लाख मध्ये एक लाख ४० हजार उद्योग मात्र सञ्चालनमा

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, २२ कात्तिक । पछिल्लो समय साना तथा घरेलु उद्योगको सञ्चालन अवस्था कमजोर बन्दै जाँदा आधाभन्दा बढी उद्योग बन्द भएका छन् ।

साना तथा घरेलु उद्योग महासङ्घका अनुसार दर्ता भएका तीन लाख उद्योगमध्ये एक लाख ४० हजार उद्योग मात्र सञ्चालनमा आएका छन् ।

ग्रामीण भेगमा साना उद्योगको वित्तीय पहुँच कमजोर भएका कारण खर्च धान्न नसकेर उद्योग बन्द हुने गरेको महासङ्घका अध्यक्ष श्याम गिरीले जानकारी दिनुभयो ।

महासङ्घको अध्ययनअनुसार कतिपय उद्योगी सञ्चालकले बैंकबाट सस्तोमा ऋण पाउन पनि एक व्यक्तिले धेरै उद्योग सञ्चालनमा ल्याएका कारण उद्योग सञ्चालनको अवस्था कमजोर बन्ने गरेको छ ।

सरकारले सना तथा घरेलु उद्योग सञ्चालन गर्ने व्यक्तिलाई सस्तोमा ऋण उपलब्ध गराउँदै आएको छ । बैँकबाट सस्तोमा ऋण निकाल्न एकै व्यक्तिले पाँच वटासम्म उद्योग दर्ता गर्ने गरेको अध्यक्ष गिरीले जानकारी दिनुभयो । रासस