३१ आश्विन २०८३, शनिबार

श्रीमान मलेसियामा, अर्कैसँग प्रेम चक्कर चलाउँदा गयो ज्यान

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

rape1महोत्तरी, २२ कात्तिक । ३२ वर्षीया मञ्जुदेवी यादवको सामूहिक बलत्कारपछि हत्या गर्ने दुई जनालाई महोत्तरी प्रहरीले पक्राउ गरेको छ ।

यादवका प्रेमीकै योजनामा बलत्कारपछि हत्या भएको प्रहरीले अनुसन्धानका क्रममा फेला पारेको छ ।

गता कात्तिक ९ गते श्रीपुर– ६ यादवको सामूहिक बलत्कारपछि आँपको रुखमा झुण्ड्याएर हत्या भएको थियो ।

प्रहरीका अनुसार महोत्तरी श्रीपुर– ३ का ४० वर्षीय श्यामकुमार राय यादव र गौशाला नगरपालिका– ११ निगौलका १९ वर्षीय लक्ष्मण मुखिया पक्राउ परेका हुन् ।

उनीहरूलाई बिहीबार पक्राउ गरिएको थियो । हत्यापछि उनीहरु भारतमा लुकीछिपी बस्दै आएका थिए ।

एक बच्चाकी आमा समेत रहेकी यादवका  श्रीमान् श्रीराम मण्डल दुई वर्षदेखि वैदेशिक रोजगारीका सिलसिलामा मलेसियामा छन् । मञ्जुको विवाह चार वर्षअघि भएको हो ।