काठमाडौँ, २१ कात्तिक । गैरआवासीय नेपालीहरुद्धारा प्रवद्धित बेष्ट रेमिट नेपाल र क्लिन भिलेज माइक्रोफाइनान्स वित्तिय संस्थाबीच रेमिट्यान्स भुक्तानी सम्बन्धि सम्झौता भएको छ ।
सो सम्वन्धि सम्झौतापत्रमा बेस्ट रेमिटका प्रमुख अप्रेशन म्यानेजर सुदिप श्रेष्ठ र क्लिन भिलेजका प्रमुख कार्यकारी अधिकृत तेजेन्द्र शर्मा लम्सालले हस्ताक्षर गर्नुभयो ।
यो सम्झौतासँगै अब विश्वका विभिन्न देशबाट बेष्ट रेमिटमार्फत आएको रेमिट्यान्स क्लिन भिलेज माइक्रोफाइनान्स मुलुकमा विभिन्न भागमा रहेका २२ शाखाबाट भुक्तानी लिन सकिने जनाइएको छ । सम्झौतापछि बेष्ट रेमिटका प्रमुख अप्रेशन मेनेजर श्रेष्ठले विदेशबाट पठाएको पैसालाई सेवाग्राहीसम्म पु¥याउन यो सम्झौताले थप सहज बनाउने जानकारी दिनुभयो ।
बेष्ट रेमिटले विश्वका विभिन्न मुलुकबाट नेपालमा रेमिट्यान्स भित्र्याउन आफ्ना सेवाग्राहीलाई थप सहज र सुलभ बनाउँदै लैजान विभिन्न बैंक तथा वित्तिय संस्थाहरुका साथै नीजि कम्पनीहरुसँग रेमिट्यान्स भुक्तानी सम्वन्धी सम्झौतालाई प्राथमिकता दिदै आएको छ ।
बेष्ट रेमिटले खाडी तथा अन्य देशमा रहेका बैंक तथा एक्सचेञ्ज हाउससँग पनि तीव्र रुपमा सम्झौता गरिरहेको जनाएको छ ।
यो सम्झौतासँगै विश्वका विभिन्न मुलुकबाट बेस्ट रेमिट मार्फत पठाएको रकम अब बेस्ट रेमिटका २१ सय भन्दा बढी एजेण्ट, सब–एजेण्ट तथा सम्झौता भएका विभिन्न बैंक तथा वित्तीय संस्थाबाट भुक्तानी लिन सकिने बेष्ट रेमिटले जनाएको छ ।















प्रतिक्रिया