३१ आश्विन २०८३, शनिबार

खुकुरी देखाएर श्रीमती अपहरण गर्ने ठुन्डा चौधरी प्रहरी खोरमा

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

धनगढी, २१ कात्तिक । कैलाली जिल्लामा बुधबार राति एक महिलालाई अपहरण गरेको घटनामा संलग्न महिलाका श्रीमान्सहित पाँचजनालाई प्रहरीले बिहीबार पक्राउ गरेको छ ।

प्रतापपुर गाविसको वनवर्षा गाउँबाट मध्यराति अपहरणमा परेकी २० वर्षीया सविता चौधरीलाई मुनुवा गाविसस्थित अपहरित महिलाको श्रीमान्की कान्छी आमाको घरको कोठामा थुनेर राखेको अवस्थामा बिहीबार उद्धार गरिएको इलाका प्रहरी कार्यालय लम्कीका प्रहरी निरीक्षक जगन्नाथ खनालले बताउनुभयो ।

इलाका प्रहरी कार्यालय लम्कीको टोलीले सशस्त्र प्रहरीको समेत सहयोगमा अपहरणमा परेकी दुर्गौली गाविसका ठुन्डा चौधरीकी कान्छी श्रीमती सवितालाई घरको कोठामा थुनेर राखेको अवस्थामा बेहोस अवस्थामा उद्धार गरेको हो ।

ती महिलाको अवस्था अहिले सामान्य रहेको प्रहरी निरीक्षक खनालले बताउनुभयो ।

सविता केही दिनअघि मात्रै घरबाट भागेर प्रतापपुर गाविसको वनवर्सा गाउँका एकजना आफन्तको घरमा लुकेर बसेको अवस्थामा अपहरणमा परेको जनाइएको छ ।

मुखमा पट्टी बाँधेर आएका अपहरणकारीहरुले खुकुरीलगायतका हतियार देखाई अपहरण गरेको प्रहरीले बताएको छ ।

घटनामा संलग्न सविताका श्रीमान् ठुन्डासहित पथरैया गाविसका धनीराम चौधरी, दुर्गौली गाविसका बलदेव चौधरी, मोहन कठरिया र भारत तिकुनियाका ओमप्रकाशलाई पक्राउ गरिएको छ । रासस